कञ्चनपुरमा छाउगोठ भत्काइयो

१९ साउन- कञ्चनपुर, वेदकोट नगरपालिका‐१० मा वडाभित्रका सम्पूर्ण छाउगोठ भत्काइएका छन्।

वडाभित्र रहेका २३ वटा छाउगोठ भत्काइएको वडा अध्यक्ष रतन सिंह बिष्टले बताएका छन। यस कार्यले आफ्नो वडाको समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे।


यस अभियानमा वडा अध्यक्ष बिष्ट आफैँ सक्रिय रूपमा सहभागी भई घर घर पुगेका थिए। उनले छाउगोठ भत्काउनुका साथै छाउगोठ प्रयोग नगर्नका लागि स्थानीय बासिन्दाहरूलाई जनचेतना फैलाएका थिए।

यस कार्यले समाजमा विद्यमान अन्धविश्वास र कुप्रथालाई हटाउन मद्दत पुग्ने विश्वास उनले गरेका छन।यस अभियानमा वडा अध्यक्ष बिष्टलाई वडाका स्वयंसेविकाहरूले पनि सक्रिय साथ दिएका थिए। साथै यो अभियानमा वडा अध्यक्ष बिष्टलाई नेपाल प्रहरी लगायत विभिन्न गैरसरकारी संस्थाहरूले समेत साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्