आज कक्षा १२ को नतिजा प्रकाशित, विद्याथीहरु उत्चाहित

१९ साउन- काठमाडौँ, आज कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । आज सोमबार साँझ पख बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

गत वैशाख २१ गते देखि सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा आज प्रकाशन गरिएको हो ।

परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।

 

त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

कक्षा १२ को परीक्षाफल प्रकाशित भए एता विद्यार्थीहरुले आफनो परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले जारी गरेका बिभिन्न माध्यमबाट हेरीरहेका छन ।

प्रतिक्रिया दिनुहोस्