लुटपाट, गोली हानी हत्या घटनामा प्रहरीले ९ जनालाई पक्राउ गर्यो

१९ साउन -जनकपुरधाम, सप्तरीमा लुटपाट गर्दै गोली हानी हत्या गरेको घटनामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

सुरुङ्गा नगरपालिका ८, मलहनमा टोल बस्ने ६५ वर्षीय कन्तलालको हत्या गर्दै घरमा लुटपाट गर्ने गिरोह र लुटपाटको सामान किनबेच गर्ने पक्राउ परेका छन । जेठ २३ गते राति १ बजेको समयमा डाँकाहरुको समूहले चौधरीको घरमा लुटपाट गर्दा डाकाहरुलाई चिनेको भनेपछि गोली हानी हत्या गरेको मृतकको श्रीमतीले प्रहरीलाई बयान दिएकी छन।

 

प्रहरीले लुटपाट गर्ने सुरुङ्गा ८, बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, बोदेबसाईन नगरपालिका २, बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका ११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका ८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुरको बेलका नगरपालिका १ बस्ने २८ वर्षीय चन्दर मरिकलाई पक्राउ गरेको छ।

साथै लुटपाटको गरगहनाहरु संकलन गरी बेचबिखन गर्ने सुरुङ्गा ७ पोखरिया बसनपट्टी बस्ने ३३ वर्षीय राजु कुमार विश्वकर्मा रहेका छन । विश्वकर्माले सुन चाँदीको गरगहना गलाउन दिएका सिरहाको लहान नगरपालिका ७ मा सञ्चालित श्रधा सुन चाँदी गहना सेन्टरका सञ्चालक ५२ वर्षीय महेन्द्र गोड्से, सुन चाँदी खरिद गर्ने ओम ज्वेवर्सका सञ्चालक सिरहाको लहान ८ बस्ने ३८ वर्षीय उमेश साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुबाट चाँदीको बाला १ थान, बलिया १ थान, कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड र खुकुरी एक थान समेत प्रहरीले बरामद गरेको छ। उनिहरुमाथी डाका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्