७८ लाख रुपैयाँ बढीको क्रिप्टोमा कारोबार गरेका २१ वर्षीय युवक पक्राउ

१९ साउन- काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्