१९ साउन- तनहुँ, भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्