हलेसी दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रोबस दुर्घटना, एक महिलाको मृत्यु

१९ साउन- खोटाङ, आइतबार बिहान हलेसी दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रोबस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

साथै उक्त दुर्घटनामा १७ जना घाइते समेत भएका छन्। गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।

मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडक खण्डको कदुवास्थित डौँठेखोलामा प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस बिहान करिब ८ बजे दुर्घटनामा परेको खोटाङ प्रहरीले जनाएको छ।

सिरहाको नरहा गाउँपालिका–३ की अन्दाजी २५ वर्षीया ममतादेवी यादवको दुर्घटनामा परी मृत्यु भएको छ। घटनास्थलबाट उद्धार गरी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले यादवलाई मृत घोषित गरेका थिए।

गाडीमा चालकसहित १८ जना सवार रहेको अनुमान छ। दुर्घटनामा घाइते भएका १७ जनामध्ये ७ जनाको खोटाङ अस्पतालमा उपचार भइरहेको छ भने १० जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

गाडीका चालक सिरहा नगरपालिका-३ बस्ने करिब २७ वर्षीय रामनाथ साह दुर्घटनापछि फरार भएको प्रहरीले बताएको छ। उनको खोजी कार्य र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खोटाङ अस्पतालमा उपचार भईरहेका घाइतेहरुको नाम,उमेर,ठेगाना सहित:

रञ्जित यादव, ३९, नरहा-५, सिरहा (दाहिने हातमा सामान्य चोट)

कुस्मवती यादव, ७०, नरहा-५, सिरहा (टाउकोमा चोट)

लक्ष्मी शर्मा, ३२, नरहा-५, सिरहा

शिला शर्मा, ३७, लहान-८, सिरहा

नदिन शर्मा, ३२, लहान-८, सिरहा

मिना कुमारी शर्मा, लहान-८, सिरहा

धनेश्वर यादव, ५७, लहान-२, सिरहा

थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइते नाम,उमेर,ठेगाना सहित:

राजु यादव, ७०, लहान-२ (टाउको, छाती र औंलामा चोट)

रामशरण ठाकुरकी श्रीमती (नाम नखुलेको), लहान-२ (खुट्टा, आँखा र नाकमा गम्भीर चोट)

सविता कुमारी यादव, ३२, लहान-२

दुर्योधन यादव, ७९, लहान-२

मिथिला कुमारी यादव, ४०, लहान-२

पूनम यादव, ३०, लहान-२

झालु देवी यादव, लहान-५

शिवम शर्मा, १०, लहान

दिपेन्द्र यादव

प्रतिक्रिया दिनुहोस्