बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

१९ साउन- काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका-७ कमलबिनायक बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-१ घर भएका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७५ असार २४ गतेको फैसलाले उक्त मुद्दामा २५ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भएकोमा उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०८१ असार २४ गते शुरू अदालतको फैसला सदर हुने ठहर गरी फैसला भई फरार रहेका जनकलाई गोकर्णेश्वर नगरपालिका-१ बिपि चोकबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका गणेशलाई भक्तपुर नगरपालिका-१० बाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये जनकलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ भने गणेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्