१८ साउन- साउदी अरब, साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको तेहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
एसपीएका अनुसार चार जना सोमाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएको छ ।
साउदी अरबले सन् २०२५ को सुरुदेखि अहिलेसम्म २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ । तीमध्ये १ सय ५४ जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो ।
मृत्युदण्डको यो वर्षको अहिलेसम्मको गत वर्ष दिइएका मृत्युदण्डको ३३८ घटनाको रेकर्डलाई तोड्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्