दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित पक्राउ गरियो

१८ साउन- सप्तरी, प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।घटना छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय सप्तरीले पाएको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन् । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

 

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्