बेपता भएका भारतीय युवकको शव बागमती नदीमा फेला

१८ साउन- रौतहट, बागमती नदीमा बेपता भएका एक भारतीय युवक शव भेटिएको छ।

भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव नदिको नहरमा भेटिएको हो। उनि शनिबार रौतहटको बागमती नदीमा नुहाउने क्रममा बेपता भएका थिए ।

 

शनिबार दिउँसो ३ बजेको समयमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथर स्थित बागमती नदीको झोलङ्गे पुल नजिक मादक पदार्थ सेवन गरेर नुहाउन जाने क्रममा अचानक नदीमा आएको पानीको भेलले उनलाई बगाएर बेपता बनाएको थियो ।

सप्रबल नेपाल नं‍।११ गण हेक्का रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा उनी बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिम रौतहटको गुजरा नगरपालिका ७ पल्टुवा स्थित बागमती नदिको नहरमा उनको शव फेला परेको हो।

सुरक्षाकर्मीले भारतीय युवकको शवलाई नहरको पानीबाट निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्‍याएको र पोस्टमार्टम पछि परिवारको जिम्मा लगाउने रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्