बाख्रा चराउन वनमा गएकाको भिरबाट लडेर मृत्यु

१८ साउन- हुम्ला,  बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली गाउँपालिका –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीय बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुढाको बुहारीले बताइन् ।

खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र परिवारलाई जानकारी आएको हो ।

जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्