१५ साउन- काठमाडौं, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसंग कुरा गर्दै राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने र आफूले कुनै भेला आह्वान नगरेको बताएकी छन।
विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने उनले बताएकी छन्।
श्रेष्ठले पार्टीको विधानअनुसार आफू अझै अध्यक्षको भूमिकामै रहेको दाबी गरेकि छन। उनले भनेकि छन “म निरन्तर काममा हिँडिरहेकी छु, पार्टीभित्रको विवादबारे केही थाहा छैन, कुनै भेला पनि मैले बोलाएकी छैन,”
उनले संचारकर्मीहरुसंग कुरा गर्दै आफूमाथि गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी समेत गरेकी छन।
प्रतिक्रिया दिनुहोस्