१५ साउन- काठमाण्डौ, रुपन्देहीको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसीलाई पक्राउ परेका छन ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा रहेको सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १ सय ६५ रुपैयाँ हिनामिना गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।
दोलखाको मेलुङ गाउँपालिका स्थायी घर भएका केसी सहकारी ठगी तथा ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि गएको वैशाख २० गतेदेखि फरार भएका थिए ।
उनि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ बाट पक्राउ परेका छन ।
प्रतिक्रिया दिनुहोस्