ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु

१५ साउन -काठमाडौं, काठमाडौँ महानगरपालिका–३२मा रहेको एक छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

 

काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर मृत्यु भएको हो ।

बुधवार पौने ९ बजे राति जडीबुटीबाट पेप्सीतर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मोटरसाइकलको पछाडि बसेका युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक काभ्रेको रोशी घर भएका २६ वर्षीय सन्तोष मगर घाइते छन् । ट्याङ्कर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्