१५ साउन -अमेरिका, सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरण गर्नेबित्तिकै पाइलटलाई पक्राउ गरिएको छ।
डेल्टा एयरलाइन्सको विमान आइतबार बिहान ७ बजेतिर अवतरण गर्नासाथ यौन उत्पीडनको आरोपमा को(पाइलट ३४ वर्षीय रुस्टम भागवगरलाई गिरफ्तार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । उनी भारतीय मूलका व्यक्ति रहेका छन्।
कन्ट्रा कोस्टा काउन्टी सेरिफ विभागका अधिकारी र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनका एजेन्टले मिनियापोलिसबाट आइपुगेको केही समयपछि डेल्टा फ्लाइट २८०९, बोइङ ७५७.३०० को ककपिटमा प्रवेश गरी पाइलट भागवरलाई नियन्त्रणमा लिएको छ।
प्रत्यक्षदर्शीहरूले विमान रोकिनेबित्तिकै कम्तीमा १० जना एजेन्ट विमानमा चढेर पाइलटलाई हिरासतमा लिएको बताएका छन्। अप्रिलमा १० वर्षमुनिका बालिकासँग मौखिक सम्भोगका पाँचवटा घटनामा संलग्न देखिएपछि भागवरलाई पक्राउ गरिएको हो।
उनी हाल मार्टिनेज डिटेन्सन फेसिलिटीमा छन् र जमानत स्वरुप ५० लाख डलर तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्