पहिरोमा पुरिएर एक जनाको मृत्यु, एकजना घाइते

१४ साउन- पोखरा, पहिरोमा पुरिएर एक जना युवकको मृत्यु भएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिक-३, घाचोकमा पहरो गएको हो । पहिरोमा परी मृत्यु हुनेमा पोखरा-२५ निवासी २३ वर्षीय तेजबहादुर गुरुङ रहेका छन। उनको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

सोहि पहिरोमा घाचोकको शुक्लागण्डकी माविका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्। उनको पोखराको मणिपाल अस्पतालमा उपचार हुँदैछ।

लस्तीखोलास्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बुधबार बिहान पहिरो खसेको थियो। बंगुर फार्ममा दाना लिएर जानेक्रममा गुरुङ पहिरोमा पुरिएका थिए। स्थानीयको सहयोगमा प्रहरीसहितको समुहले उनको शव बाहिर निकालेको छ।

पोखराबाट घाचोकस्थित विद्यालय जानेक्रममा शिक्षक पोखरेल सवार मोटरसाइकललाई पहिरोले पुरेको थियो। घाइते उनलाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए।

प्रतिक्रिया दिनुहोस्