१४ साउन- काठमाडौं, एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने राष्ट्रिय टोलीको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बिदाइ गरेको छ ।
नेपाल छनोट प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसहित भुटान, उत्तर कोरिया र साउदी अरेबिया पनि परेका छन् । समूह ‘ए’को सबै खेल भुटानमा हुनेछ ।
प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्ट ६ तारिखमा आयोजक भुटानसँग र दोस्रो खेल अगस्ट ८ तारिखमा साउदी अरेबियासँग खेल्ने छ ।
समूहगत चरणको खेलपछि तालिकाको पहिलो स्थानमा रहने टोली सन् २०२६ को अप्रिल १ देखि १८ तारिखसम्म थाइल्यान्डमा आयोजना हुने महिला एसियन कपमा छनोट हुनेछ ।
थाइल्यान्डमा आयोजना एसियन कपमा कूल १२ टोलीको सहभागिता रहने छ ।
छनोट प्रतियोगिताको आठवटै समूहका विजेता सिधै एसियन कपमा पुग्नेछन् । त्यसपछि आठवटै समूहमा दोस्रो हुने टोलीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा तीन टोलीले पनि एसियन कपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्