भन्सार छलीका अलपत्र अवश्थाका सामान बरामद

१४ साउन -कञ्चनपुर, भन्सार छलीका सामान बरामद गरिएको छ।

प्रहरीले भीमदत्त नगरपालिका-१० जिमुवा र गज्जरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९२ हजार ५ बराबरको चिनी, सुटपिस, धोती लगायतका सामान बरामद गरेको छ।

उक्त सामान प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्