१४ साउन- कैलाली, सम्पर्क विहिन भएको ४ दिन पछि एक जना मृत फेला परेका छन्। कैलालीको बनबेहडाका टेक बहादुर रोकाया तामा खोज्न जङ्गल गएका बेला बेपत्ता भएका थिए ।
गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका २८ वर्षीय रोकाया तामा बाँसको तामा खोज्न गएका बेला यही साउन १० गतेदेखि सम्पर्कविहीन भएका थिए।
बिहान ८ बजे घरदेखि तामा खोज्न दुई जना अन्य व्यक्ति सँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जङ्गलबाट सम्पर्क विहीन भएकोमा मंगलवार सोही ठाउँमा मृत फेला परेका हुन। चुरे गाउँपालिका–४ पनेरुवा शिविर माथी सिताखाली खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्