मोहना नदीबाट एक बालकको शव फेला

१४ साउन- कैलाली, धनगढीको मोहना नदीबाट एक बालकको शव फेला परेको छ।

प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलवार वेवारिसे अवस्थामा बालकको शव फेला परेको हो।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अन्दाजी ८ -९ वर्षीय बालकको शव फेला परेको छ। शवको केही भाग सडेको अवस्थामा रहेको छ। शवको पहिचान हुन भने बाँकी छ।

अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्