विषालु च्याउ खाँदा डडेलधुरामा एक जनाको मृत्यु

१३ साउन -डडेलधुरा, विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको हो ।

बोहराले साउन ७ गते साँझ ७ बजे आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनलाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुगाइएको थियो ।

 

उनको उपचारकै क्रममा साउन १३ गते साँझ ४ः५० बजे मृत्यु भएको थियो । बोहराले खाएको च्याउ विषालु प्रजातिको भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्