१३ साउन -अमेरिका, मध्य म्यानहट्टनको एक भवनमा एक बन्दुकधारी प्रवेश गरी गोली चलाउँदा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ ।
गोली लागि ५ जनाको अवस्था गम्भीर रहेको छ । गोलीबारी पछी बन्दुकधारीले आफ्नै ज्यान लिएको देखिएको छ।
बन्दुकधारीले एम–४ राइफल लिएर कालो बिएमडब्लुबाट बाहिर निस्किँदै, त्यसपछि भवनमा प्रवेश गर्दै, तुरुन्तै एक प्रहरी अधिकारीमाथि गोली चलाउँदै गरेको क्यामेरामा कैद भएको छ।
बन्दुकधारीले एक्लै उक्त घटना घटाएको तर अनुसन्धान भने जारी रहेको र यो घटनामा एफबिआईले अनुसन्धानमा सहयोग गरिरहेको मेयरले बताएबताएका छन।
बन्दुकधारीको गाडीमा उनको नाम भएको औषधिसहित एउटा रिभल्भर, गोलाबारुद र म्यागजिन फेला परेको छ । ती व्यक्ति मानसिक स्वास्थ्य समस्याहरूले ग्रसित रहेको देखिएको छ ।
मृत्यु भएका प्रहरी अधिकारी बङ्गलादेशबाट आएका ३६ वर्षीय आप्रवासी रहेका छन । अन्य दुई पुरुष र एक महिलाको पनि मृत्यु भएको छ भने अर्का पुरुषको अवस्था गम्भीर रहेको छ ।
संयुक्त राज्य अमेरिकामा सामूहिक गोलीबारी अहिले सामान्यरुपमा लिन सकिन्छ छ, कारण हतियार राख्न पाउने संवैधानिक अधिकार अमेरिकाका नागकिरको हकमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्