१३ साउन-चितवन, करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– १८ गुन्जनगरका शेरबहादुर थापाको आज करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थियो ।
उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्