शेयर बजार आज ३०.७६ अङ्कले बढेर बन्द भयो

१३ साउन- काठमाडौँ, आज शेयर बजार ३०.७६ अङ्कले बढेको छ ।

 

आज नेप्से परिसुचक ३००२.०७ विन्दुमा कायम भएको छ । मंगलबार नेप्से १.०३ प्रतिशतले बढेको छ ।

आज ३२१ कम्पनीको ४ करोड १८ लाख आठ हजार ९६६ कित्ता सेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा कारोवार भने रु १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको भएको छ।

आजको कारोबारमा विकास बैङ्क, वित्त र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्