भेरी नदीको बिचमा फसेका चार जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

१३ साउन- डोल्पा, डोल्पाको भेरी नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

 

ठूलोभेरी नगरपालिका–३ धुपीचौरको भेरी नदीको बीचमा फसेका चार जनाको मंगलबार सकुशल उद्धार गरिएको छ ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्द प्रसाद बोहरा, ३५ वर्षीय लाल कुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरालाई उद्धार गरिएको हो।


दाउरा लिन गएका उनीहरू एक्कासी पानीको बहाव बढेपछि नदीको बीच भागमा फसेका थिए । त्यसपछि सशस्त्र प्रहरी बलको नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ ।

उद्धारपश्चात उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्