नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारका एकजना मन्त्रीले दिए राजीनामा

१३ साउन- हेटौडा, बागमती प्रदेश सरकारका एकजना मन्त्रीले राजीनामा दिएका छन्।

बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका खानेपानी,ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले आज राजीनामा दिएका छन।


यसअघि प्रदेशका ४ मन्त्रीले राजीनामा दिएका थिए ।

उनीहरूले कांग्रेस प्रदेश संसदीय दलको नेताबाट हटाउन मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा खड्कासहित २२ सांसदहरूले हस्ताक्षर गरेका छन्। खड्काले राजीनामा दिएसँगै लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्