१२ साउन- तनहुँ, स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका वडा ८ का २९ वर्षीय समीर कार्कीको स्कुटर दुर्घटनामा मृत्यु भएको हो।
सोमबार साँझ सवा ६ बजे डुम्रेबाट आँबुखैरेनीतर्फ उनी सवार को. २८ प. २४२२ नम्बरको स्कुटर आँबुखैरेनी १, बरादीमा दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका कार्कीलाई आँबुखैरेनी अस्पतालपछि चितवन मेडिकल कलेज रेफर गरिएकोमा उपचारका क्रममा साढे ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीको अनुसन्धानमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्