बसको चक्कामा चेपिएर सर्लाहीमा ५ वर्षीया स्कुले बालिकाको ज्यान गयो

१२ साउन- सर्लाही, बसको चक्कामा चेपिएर सर्लाहीमा एक स्कुले बालिकाको ज्यान गएको छ।

ब्रह्मपुरी गा.पा. वडा ७ मोहनगञ्जस्थित भित्री सडकखण्डमा स्थानीय रमेश महतोकी ५ वर्षीया छोरी आशिका महतोको बसको चक्कामा चेपिएर ज्यान गएको हो।

ईश्वरपुर नगरपालिका वडा १ चौलिखामा सञ्चालित टेमुको एकेडेमी स्कुलको म.प्र. ०३(००१ क २५४२ नम्बरको बसले विद्यार्थीहरूलाई स्कुल छुट्टीपछि घर छाड्ने क्रममा सोही स्कुलमा अध्ययनरत छात्रा महतो बसबाट तल झर्ने क्रममा बसको पछाडिको चक्काले चेपिएर गम्भीर घाइते भएकी थिइन्।

 

बसको चक्काले चेपिएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जीवन नारायण अस्पताल बयलबास सर्लाहीमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

 

मृतक बालिकाको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल मलङ्गवा राखिएको छ ।

 

साथै बस चालक फरार रहेको र यस घटनाबारे गहन रूपमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्