१६ जनाको बेपत्ता परिवार मध्ये माइली छोरी ज्वाइँ आए प्रहरीको सम्पर्कमा

१२ साउन- सिन्धुली, १६ जनाको परिवार बेपत्ता भएकोमा माइली छोरी ज्वाइँ प्रहरीको सम्पर्कमा रहेका छन्।

माइली छोरी सुजता हायू र ज्वाइँ आयूष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। सुजता र आयूष हाम्रो सम्पर्कमा आएको र उनिहरू केही महिनादेखि काठमाडौंमा बस्दै आएको खुलेको छ: डिएसपी सुवेदलीले भने

 

गाउँलेहरूले उनको पनि नाम पनि हराएको सूचीमा राखेको भए पनि उनी केही महिनाअघि काठमाडौंमा श्रीमानसँग बस्दै आएको पाइएको छ।सुजताले पनि परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीलाई बताएकी छन्, बाँकी सदस्य अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्। डिएसपी सुवेदीले भनेका छन ।

 

तीन दिनअघि बेपत्ता परिवारको रामेछापमा लोकेसन देखाए पनि उनीहरू अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ। उनीहरूलाई सोमबार बिहानदेखि जिल्ला प्रहरी सिन्धुली र रामेछापको टोलीले खोज्ने काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्