माओवादी र एकीकृत समाजवादीका अध्यक्षबीच भेटर्वाता

१२ साउन- काठमाडौं, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षबीच भेटर्वाता भएको छ।

सिंहदरबारको माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको छन। छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको बताए।

त्यस्तै शिक्षासम्बन्धी विधेयक, निजामती विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको बताए। उनले दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थित गर्दै लैजाने सहमति समेत भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्