१२ साउन -दाङ, सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
सर्पको टोकाइबाट राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवको मृत्यु भएको हो ।
आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो । यादवको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनि शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्