१२ साउन- हुम्ला, गत साउन ६ गते भेरी नदीमा खसेको टिप्परमा सवार तीनै जनाको शव फेला परेको छ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका- १४ पिपलचौरमा घटेको घटनामा टिप्पर चालक दाङका मनिराम चौधरी, अपरेटर धनवीर विक र हेल्पर हरि विक को शव सुर्खेतमा विभिन्न मितिमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
टिप्पर यति बिल्डर्सको थियो र भेरी कोरिडोर सडकखण्ड हुँदै छेपारेतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो।
प्रतिक्रिया दिनुहोस्