गोसाइँकुण्डमा दुई जना तीर्थालु बेपत्ता

१२ साउन- रसुवा, गोसाइँकुण्डमा स्नानको क्रममा दुई जना तीर्थालु बेपत्ता भएका छन्। घटना आइतबारको हो ।

बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन्। गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ।

 

बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ।

-रासस

प्रतिक्रिया दिनुहोस्