११ साउन- मकवानपुर, मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नंको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको आज दिउँसो मृत्यु भएको हो ।
उक्त दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी ५१ वर्षीय मोतिबहादुर क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परेर सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते भएका छन । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्