श्रीमतीको हत्या आरोपमा आफ्नै श्रीमान् पक्राउ

११ साउन- पोखरा, श्रीमतीको हत्या आरोपमा आफ्नै श्रीमान् पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर–२७ रठ्ठेपानी निवासी जंगे सार्की आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। रिठ्ठेपानीको सुकुम्वासी टोलमा बस्दै आएकी श्रीमती जमुना नेपाली साउन ८ गते मृत अवस्थामा भेटिएकी थिइन्।

 

शव सडेर दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले ढोका फुटाएर हेर्दा श्रीमती नेपालीको शव फेला परेको कास्की प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साउन ६ गते श्रीमान् श्रीमतीबिच जग्गा बेचबिखनका विषयमा विवाद भएको थियो। विवादका क्रममा श्रीमान् जंगेले श्रीमती जमुनालाई दुई मुक्का हानेर भित्तामा ठोक्काइदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटनापश्चात् सो दिन श्रीमान् जंगे नजिकैको अर्को टहरामा सुत्न गएका थिए। राति झगडा गरेर अर्कै घरमा सुतेका उनी भोलिपल्ट पनि छिमेकीकोमा चिया पिएर शिसुवास्थित ठेकेदारलाई भेट्न पुगेका थिए। सो दिन साँझ फर्केर जंगेले खाना आफैले बनाएर खाएका तर श्रीमतीको बारेमा चासो नदिएको कास्की प्रहरीले जानकारी दिएएको छ।

प्रहरीले मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी० मा पठाएको छ। पक्राउ परेका सार्कीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्