जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

११ साउन – काठमाडौं,  बुढानिलकण्ठ नगरपालिका-१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रूपैयाँ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेका अवस्थामा रेष्टुरेण्टका संचालक पोखरा महानगरपालिका-२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रूपैयाँ,  ५ हजार ५ सय भारतीय रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्