भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

११ साउन- भारत, हरिद्वारस्थित आइतबार बिहान मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ साथै उक्त २९ जना घाइते भएका छन् ।

भीड धेरै भएकाले मानिसहरू तार समाउँदै अगाडि बढ्न थालेका थिए । केही तार च्यातिए र त्यसमा करेन्ट लागेको जनाइएको छ, जसले गर्दा भागदौड मच्चिएको थियो । तर, प्रहरीले करेन्ट लागेको कुरा अफवाह भएको जनाएको छ ।


मनसादेवी मन्दिरमा भगदड हुँदा ३५ जना घाइते भएको सूचना प्राप्त भएको थियो । ती सबैलाई तत्काल अस्पताल लगिएको थियो । तीमध्ये ६ जनाको मृत्यु भएको छ भने अन्यको उपचार भइरहेको छ।ु

मनसादेवी मन्दिर हरिद्वारको शिवालिक पहाडीमा अवस्थित बिल्व पर्वतमा रहेको छ । मन्दिरसम्म करिब १.५ किलोमिटर लामो उकालो बाटो हिँडेर वा रोपवे प्रयोग गरेर पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्