९ साउन- सिरहा, साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छ भने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन् । घटना मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक भएको हो ।
विद्यालयबाट फर्किएर घुम्न गएका बालकहरू साइकल दुर्घटनामा परेका थिए।
ओरालो बाटोमा साइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
गम्भीर चोट लागेका मण्डलको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने ठाकुरको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्