९ साउन – काठमाडौं, आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। सुन आज ५ सयले घटेको हो ।
हिजो बिहिवार सुन तोलामा १ लाख ९५ हजार २ सयमा रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज शुक्रवार चाँदी २३ सय ४० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बिहिवार भन्दा ५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्