हजारका नक्कली नोटसहित दुई जना पक्राउ

८ साउन- नुवाकोट, नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। घटना दुप्चेश्वर गाउँपालिका-६ रामतीको हो ।

बजारमा नक्कली नोटको प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। दुप्चेश्वर-७ का ४२ वर्षीय नरबहादुर तामाङ र भिमबहादुर तामाङलाई पक्राउ परेका छन।

 

उनीहरूबाट २४ वटा हजारका नक्कली नोट प्रहरीले बरामद गरेको छ।

बुधबार राति रामती बजारमा बालकहरूले नक्कली नोट लिएर हिँडेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले ६९ वटा हजारका नोट फेला पारेको थियो। पछि अनुसन्धानको क्रममा भिमबहादुरले घरमा राखेका २४ वटा नोट पनि बरामद गरेको हो।

उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रतिक्रिया दिनुहोस्