८ साउन- काठमाडौं, ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा ट्रकको ठक्करबाट साढे २ वर्षकी फुर्ब लामा शेर्पाको मृत्यु भएको हो । नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा मिनी ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको हो ।
बा ३ ख ४३४५ नम्बरको मिनी ट्रकले घर अगाडि खेल्दै गरेकी बालिकालाई दिउँसो पौन ४ बजेतिर ठक्कर दिएको थियो । सो क्रममा बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।
चालक पक्राउ परिसकेको छन ।
प्रतिक्रिया दिनुहोस्