यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा १४ जना घाइते, एकजनाको अवश्था गम्भिर

८ साउन -सल्यान, यात्रु बोकेको फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका–६ का २७ वर्षीय चालक पारस आचार्यको अवस्था गम्भीर रहेको छ भने १३ जना घाइतेलाई उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको छ। दुर्घटनाका घाइतेमध्ये एक जना घाइतेलाई रूकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा लगिएको छ ।

 

बाँकेको नेपालगञ्जबाट सल्यानको राघेचौर हुँदै रूकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका– २ बढाइ ज्यूला नजिकै दिउँसो १ बजेतिर दुर्घटना भएको थियो।

गाडी सडकदेखि ४५ मिटर तल खसेको थियो। गाडी आफै अनियन्त्रित भएको जानकारी आएको छ ।

 

दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय रागेचौरको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्