जबरजस्ती पछी गर्भपतन गराएको आरोपमा एक जना चिकित्सक पक्राउ

८ साउन-बर्दिबास, जबरजस्ती करणी गरेको र गर्भपतन गराएको आरोपमा एक जना चिकित्सकलाई पक्राउ गरेको छ। किशोरीको उमेर १६ वर्ष रहेको छ ।

 

बर्दिबासको डी एन् बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको हो। ति चिकित्सकलाई प्रहरीले साउन ५ गते सोमबार पक्राउ गरेको हो।


किशोरीको परिवारले दिएको जाहेरी पछि चिकित्सकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

सर्लाही घर भएका ति चिकित्सकमाथि सुरुमा जबरजस्ती करणीको आरोप र त्यसपछि १० हप्ताको गर्भपतन पनि गराएको आरोप रहेको छ।

किशोरीको परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा जबर्जस्ती करणीको उजुरी दिएपछि पक्राउ परेर अनुसन्धान अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्