बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

८ साउन- काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने धनुषा मिथिला नगरपालिका-१० घर भएका ४६ वर्षीय सन्तोष पुडासैनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुर समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम ७३ लाख जरिवाना र १ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२९ धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्