४९ जना सवार एक यात्रुवाहक विमान बेपत्ता

८ साउन -रुस, पूर्वी क्षेत्रमा बिहीबार करिब ४९ जना सवार एक यात्रुवाहक विमान बेपत्ता भएको छ।

साइबेरियाको अंगारा एयरलाइन्सद्वारा सञ्चालित एन–२४ यात्रुवाहक विमान बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचारले बताएका छन।

चीनसँग सीमा नजीक विमान अमुर क्षेत्रको टिन्डा सहर तर्फ जाँदै गर्दा राडारबाट गायब भएको थियो।

 

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु रहेको जानकारी अन्तर्राष्ट्रिय समाचारले दिए । यसबाहेक विमानमा ६ जना चालक दलका सदस्य पनि रहेका थिए।

विमान खोज्न सबै आवश्यक स्रोतहरू परिचालन गरिएको र आपतकालीन मन्त्रालय र अन्य उद्धार एजेन्सी खोजी कार्यमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्