८ साउन- जनकपुरधाम, धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
सबैला नगरपालिका-१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर पोखरीमा मृत फेला परेका थिए ।
बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका थिए ।
बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको थिए ।
बालकको खोजलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय धनुषाले गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्