८ साउन- भक्तपुर, डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन्।
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका छन।
मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
घर धनीका अनुसार दुई साताअघि मात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए। मृतक दिदीबहिनी घरबाट भागेर आएको रहेछन। मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरू आएपछि घटनास्थलको मुचुल्का हुने प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-रासस
प्रतिक्रिया दिनुहोस्