७ साउन- सुर्खेत, जिपले मिनी ट्रकलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने उक्त घटनामा श्रीमति घाइते भएकी छन्।
वीरेन्द्रनगर– ११ धुलियाबिट नजिक गुमीबाट सुर्खेत बजार जाँदै गरेको क. प्र. ०२००१ च. ०९४४ नम्बरको जिपले रोकेर राखेको भे. १ क. १३४७ नम्बरको मिनी ट्रकलाई ठक्कर दिएको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ धुलियाबिटका ३५ वर्षीय श्रीमान प्रेम बुढाको मृत्यु भएको हो । यस्तै, ३२ वर्षीया श्रीमति तिलकुमारी बुढा भने घाइते भएकी छिन्।
प्रेमको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।
सुर्खेत लेकवेसी नगरपालिका– ६ का २१ वर्षीय जिप चालक यामलाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्