नेपाल-भारत सीमामा रासायनिक मल तस्कर र भारतीय सुरक्षा बल बिच झडप

७ साउन- जनकपुरधाम,   नेपाल-भारत सीमावर्ती क्षेत्रमा रासायनिक मल तस्करी गर्ने समूहले भारतीय सीमा सुरक्षा बलको हतियार लुट्ने प्रयास गरेका छन ।

धनुषाको मैनाथपुरस्थित भारततर्फ खटेका एसएसबी जवान र रासायनिक मल तस्करी गर्ने समूहबीच झडप भएको छ । झडपको क्रममा एसएसबीको हतियार लुट्ने प्रयास समेत गरिएको थियो । हतियार लुट्ने प्रयासका क्रममा भारतीय एसएसबीले गोली चलाएका हुन ।

 

एसएसबीको गोली लागेर एकजना घाइते पनि भएका छन् । भारतीय नागरिक भरत पासवानलाई गोली लागेको स्थानीयले बताएका छन । तस्कर समूहका एकजनालाई एसएसबीले नियन्त्रणमा पनि लिएका छन ।

एसएसबीको हतियार लुट्ने प्रयास गरिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरहल भइरहेको छ ।

मल तस्कर र एसएसबीबीच झडप भएपछि अहिले मैनाथपुर क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । आज दिउँसोबाट नेपालीलाई समान भित्र्याउन रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्