सुँगुर फर्ममा एक व्यक्ति मृत अवस्थामा फेला

७ साउन – झापा, सुँगुर फर्ममा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। यो घटना बिर्तामोड नगरपालिका–६ स्थित सुभ बिहानी टोलमा भएको हो ।

फर्ममा काम गर्ने भारत, सिक्किम घर बताउने अन्दाजी ६५ वर्षीय डम्बर ब. मगर बिहान करिब ६ः३० बजे तिर ओछ्यानमा मृत भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

 

सरोज लावतीले सञ्चालन गर्दै आएका छन। मृतक मगरका आफन्त भारतको सिक्किममै बसोबास गर्ने जानकारी प्राप्त भएकोले उनीहरूलाई खबर गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्